काठमाडौं – पूर्व नेपाली अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक डम्बरसिंह गुरुङको ७१ वर्षको उमेरमा निधन भएको अखिल नेपाल फुटबल संघ(एन्फा)ले जनाएको छ ।
गुरुङलाई उपचारका लागि पोखराको मणिपाल शिक्षण अस्पताल पुर्याइएकोमा त्यहाँ पुगेपछि उनलाई मृत घोषणा गरिएको थियो । गुरुङको हृदयघातका कारण मृत्यु भएको अस्पतालले जनाएको छ ।
गुरुङले सन् १९७४ मा थाइल्यान्ड र १९८२ मा नयाँ दिल्लीमा खेलेका खेलमा नेपालको प्रतिनिधित्व गरेका थिए। उनले यू–१४ र यू–१६ स्तरका प्रशिक्षक तथा ए डिभिजनको त्रिभुवन आर्मी फुटबल क्लब र एपीएफ फुटबल क्लबका प्रशिक्षकसमेत रहेका थिए ।
उनको श्रीमती, तीन छोरी र एक छोरा छन् ।