चितवन – धादिङको गजुरी २, चालीसे झरना नजिकैबाट त्रिशूली नदीमा बस खसेको छ ।
खसेको बसबाट अहिलेसम्म १८ जनाको उद्धार उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बसको पछाडिको ९९५२ नम्बरमात्रै देखिएको छ । बसमा कति सवार थिए भन्ने विवरण भने आउन बाँकी नै छ ।