प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

जन्ति बस दुर्घटना, तीन जनाको घटनास्थलमै मृत्यु

२०८१ बैशाख ७, शुक्रबार ०९:१७ बजे

काठमाडौं – सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–५ तौथलीमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । ५२ जना घाइते भएका छन् ।

दोलखाको सुस्पाक्षमावतीबाट सिन्धुपाल्चोकको पिस्करमा जन्ति लिएर जाँदै गरेको बस दुर्घटना भएको हो । बा ४ ख ५६१६ नम्बरको बस आज बिहान सात बजेर २० मिनेटमा दुर्घटना भएको थियो । 

दुर्घटनामा गम्भीर घाइते भएको सात जनालाई उपचारको लागि सिन्धु अस्पताल पुर्‍याइएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी जित बहादुर भण्डारीले जानकारी दिए । 

दुर्घटना परी मृत्यु भएका घाइतेहरूको विवरण संकलन भैरहेको प्रहरीले जनाएको छ।