प्रहर खबर
 २०८३ कार्तिक ७, शुक्रवार    

श्रीमतीलाई आगो लगाएर हत्या, श्रीमान पक्राउ

२०७९ असार १९, आईतबार ०६:१३ बजे

हेटौंडा – श्रीमतीलाई आगो लगाई हत्या गर्ने श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । मोरङको रंगेली नगरपालिका–१ बिर्ताबजारका तिलका मल्लिकलाई श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

शुक्रबार राती ८ बजे मल्लिकले घरायसी विवादका कारण ३१ बर्षीया श्रीमती बबिता मल्लिकको शरिरमा मट्टीतेल छर्की आगो लगाई गम्भिर घाईते बनाई फरार भएका थिए । शरिर जली गम्भिर घाईते भएकि बबिताको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा हिजो बिहान मृत्यु भएको हो ।

श्रीमतीलाई आगो लगाई फरार भएका मल्लिकलाई ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय, बिराटनगरले जनाएको छ ।