प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

निर्वाचन सामग्रीसहित दुई जना पक्राउ

२०७९ मंसिर ३, शनिबार १३:३४ बजे

महोत्तरी – महोत्तरीको गौशालामा नमुना मतपत्र लगायतका निर्वाचन सामग्रीसहित दुई जना पक्राउ परेका छन्। १ सय ९४ थान नमुना मतपत्रलगायत निर्वाचन सामग्रीसहित हिँडिरहेको अवस्थामा दुई जनालाई गौशाला नगरपालिका१० वटौवाबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बर्दिवास नगरपालिका–१ का ७४ वर्षीय भवानी बहादुर थापा र बर्दिवास नगरपालिका–५ का ३९ वर्षीय पदम पौडेल रहेका छन् । बाग्मती प्रदेश(३(०१ ०२३ च ३७८० नम्बरको गाडीको डिक्कीभित्र मतपत्र लिएर जाँदै गरेका उनीहरुलाई चेकजाँचका क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।