प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

गाउँपालिकाका अध्यक्ष गुरुङको निधन

२०७९ माघ २७, शुक्रबार ०९:२८ बजे

काठमाडौं – दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष लक्ष्मण (लछुमन) गुरुङको निधन भएको छ । उनको ७९ वर्षीय गुरुङको जिल्ला अस्पताल दैलेखमा उपचार गर्ने क्रममा निधन भएको हो ।

गुरुङ लामो समय देखी रक्त चाप र मुटुका बिरामी थिए । पारिवारिक स्रोतका अनुसार उनलाई छाती दुखेको र बिहानैदेखि स्वास्थ्यमा एक्कासि धेरै समस्या देखिएपछि उपचारको लागि ११ बजे जिल्ला अस्पताल पुर्‍याइएको थियो ।

जिल्ला अस्पतालमा उपचार गर्ने क्रममा अध्यक्ष गुरुङको मृत्यु भएको गाउँपालिकाकी उपाध्यक्ष मन्जुकुमारी शर्माले जानकारी दिइन् ।