काठमाडौं – महोत्तरीको गौशाला नगरपालिकाकी ३५ वर्षीया महिलामाथि बलात्कार भएको छ। शनिबार गाउँछेउमै जंगलमा घाँस काट्न गएकी महिलालाई गौशाला नगरपालिका १ स्थित रामनगर चिनिमिल बस्ने ४३ वर्षीय वीरेन्द्र यादवले गरेको प्रहरीले जनाएको छ ।
सञ्चारमाध्यमका अनुसार बलात्कार गरी आरोपीले भिडिओ बनाएको बताईएको छ । आरोपी यादव भने फरार छन्। स्थानीयका अनुसार सोमबार राति रामनगरका पञ्चहरू घटना मिलाउन बसेका थिए।
पैसा लेनदेन गरी गाउँमै मिल्न पीडित महिला र उनका परिवारलाई उनीहरूले दबाब दिएका थिए। तर घटनाबारे प्रहरीले जानकारी पाइसकेको र भिडिओ अन्य व्यक्तिहरू समक्ष समेत पुगिसकेकाले मिलाउँदा फस्ने देखेपछि पञ्चहरू पछि हटेको स्थानीय बताउँछन्।
प्रहरीका अनुसार महिलाको स्वास्थ्य परीक्षण भइसकेको छ। फरार आरोपीको प्रहरीले खोजी कार्य गरिरहेको छ ।