प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

नेपाललाई यूएईले दियो विशाल लक्ष्य

२०७९ चैत्र २, बिहीबार ०७:४० बजे

काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा युएईले नेपाललाई जितका लागि ३ सय ११ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय १० रनको विशाल योगफल बनायो  ।

यूएईका लागि आसिफ खानले विस्फोटक शतक प्रहार गरे। उनले ४२ बलमा १०१ रन बनाए। त्यस्तै भृत्य अरविन्दले ९४, मुहम्मद वासीमले ६३ र रोहन मुस्ताफाले २० रन बनाए।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले दुई, सोमपाल कामी, ललित राजवंशी र सन्दीप लामिछानेले एक–एक विकेट लिए।

 आजको खेलमा जित निकाल्दै नेपाल सोझै विश्वकप छनोटमा स्थान बनाउने योजनामा छ ।   यता यूएई पनि आजको खेलमा जित निकाल्दै एकदिवसीय मान्यता जोगाउने लक्ष्यमा छ । 

लिग–२ मा नेपाल ३५ खेलबाट १८ जितसँगै ३८ अंक जोडेर तालिकाको चौथो स्थानमा छ ।   यूएई ३५ खेलबाट ३३ अंक जोडेर तालिकाको छैटौं स्थानमा छ ।