हेटौंडा – चितवनको भरतपुर महानगरपालिका वडा नं.१५ देवीचोकमा ग्यास लिग भएर आगलागी हुँदा जलेर एक जनाको मृत्यु भएको छ ।
सोमबार अबिनाश फटिलाईजरको (मल उत्पादन गर्ने स्थान) कम्पाउण्डभित्र क्वाटरभित्र ग्याँस लिग भएर आगलागी हुँदा फटिलाईजरका व्यवस्थापक ५० बर्षीय मनिष थापाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
प्रहरीका अनुसार थापाको शरिरमा एक्कासी आगो लाग्दा जलेर उनको घट्नास्थलमा नै मृत्यु भएको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।