प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

गोष्ठीमा सहभागी एक युवती मृत्यु

२०८० जेठ १४, आईतबार १३:४५ बजे

हेटौंडा – गोष्ठीमा सहभागी एक युवती मृत्यु भएको छ । आइतबार धादिङ निलकण्ठ नगरपालिका-३ स्थित मिशन होटेलमा दलित शसक्तिकरणका लागी तर्जुमा गोष्ठी कार्यक्रम भएको थियो ।

सोही कार्यक्रममा सहभागी भएकी धादिङ खनियाबास गाउँपालिका–४, दार्खा बस्ने २१ वर्षीया मनिसा दर्जी अचानक बेहोस भएर ढलेकी थिइन् । उनको उपचारको लागी जिल्ला अस्पताल पठाएकोमा अस्पताल पुग्नु अगावै मृत्यु भएको प्रहरीले जनाएको छ ।