हेटौंडा – माथिल्लो त्रिशुली जलबिद्युत आयोजना अन्तर्गत पर्ने ड्याम साईडको शुरुङभित्र बिजुलीको काम गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुरगढी गाउँपालिका–७ घर भएको अन्दाजी ३० बर्षीय भोज बहादुर खड्का रहेका छन् ।
प्रहरीका अनुसार खड्का शुरुङभित्र बिजुलीको काम गर्ने क्रममा एक्कासी करेन्ट लागेर घाइते भएका थिए । उनको प्राथमिक उपचार स्थानिय मेडिकलमा गराए पश्चात थप उपचारको लागि सोही हाईड्रोको गाडीद्वारा स्टार अस्पताल नुवाकोटमा पुर्याईएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।