प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

धनुषामा रेलले किचेर एक जनाको मृत्यु

२०७९ पौष १४, बिहीबार ०२:१४ बजे

हेटौंडा – धनुषाको बिजय नगरपालिका ९ मा रेलले किचेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा धनुषाकै नगराइन नगरपालिका २ का ३५ वर्षीय पुरन सदा रहेका छन् ।

जयनगरबाट जनकपुरधामतर्फ आउँदै गरेको गुडिरहेको रेलमा चढ्ने क्रममा आज बिहान सवा ९ बजे सदा ढोकाबाट खसेका थिए । ढोकाबाट खसेका उनको रेलको लिकमा पर्दा किचिएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।