हेटौंडा – रौतहटको वृन्दावन नगरपलिका ७ धमैरामा गएराति पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने मोटरसाइक चालक घाइते भएका छन् ।
प्रदेश २–०३–००७ प ६० ३३ नम्बरको मोटरसाइकलले ६० वर्षीय जादोलाल पासवानलाई विहिबार बेलुकी पौने ९ बजे ठक्कर दिएर मोटरसाइकल समेत पल्टिएको थियो ।
प्रहरीका अनुसार मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका पासवानको उपचारको क्रममा गरुडा स्थित हेल्थ ल्याण्ड अस्पतालमा मृत्यु भएको हो ।
घाइते भएका मोटरसाइकल चालक बाराको जितपुर सिमारा उपमहानगरपालिका ३ बस्ने २५ वर्षीय बिसाल बि.केलाई उपचारका लागि काठमाडौँ लगिएको प्रहरी चौकी हर्षाहा रौतहटले जनाएको छ ।