प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मालपोत कार्यालयबाट ८ जना पक्राउ

२०७९ माघ १६, सोमबार १३:०५ बजे

हेटौंडा – मालपोत कार्यालय पर्सा वीरगञ्जमा आएका सेवाग्राहीलाई हैरानी दिने कार्यमा संलग्न रहेको अभियोगमा ८ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका–२७ उदयपुरघुर्मी बस्ने ३० वर्षीय दिपक कुमार पटेल, सोही महानगरपालिका–२९ अठराहा बस्ने २१ वर्षीय सन्तोष कुमार राउत, सोही महानगरपालिका–१९ बस्ने २२ वर्षीय राज कुमार साह, सोही महानगरपालिका–२५ बस्ने २६ वर्षीय सुशिल कुमार साह, सोही महानगरपालिका–२४ बस्ने ४८ वर्षीय शुभनारायण महतो कोईरी, पकाहामैनपुर गाउँपालिका–१ धोरे बस्ने २३ वर्षीय धर्मेन्द्र कुमार सहनी, सोही गाउँपालिका–२ बस्ने २५ वर्षीय संजय चौहान र बहुदरमाई नगरपालिका–९ बस्ने २८ वर्षीय हरिओम गुप्ता रहेका छन् ।

सेवाग्राहीहरूलाई काम छिटो छरितो गरिदिन्छु भन्दै प्रचलित कानून विपरीत अत्याधिक सेवा शुल्क लिएर अनावश्यक हैरानी दिएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरू उपर सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्दको कसूरमा अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।