प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

तराईमा लू चल्न थाल्यो, साताभर जारी रहने

२०८० जेठ २१, आईतबार ०३:११ बजे

काठमाडौं – सोमबार यता बढेको उच्च तापक्रम का कारण तराईमा तातो हावा (लू) चल्न थालेको छ । यसले गर्दा शिक्षण संस्था धमाधम बन्द हुन थालेका छन् भने जनजीवन निकै प्रभावित हुन पुगेको छ । जल तथा मौसम विज्ञान विभागले जनाए अनुसार देशका अधिकांश भागमा तापक्रम बढ्ने क्रम साताभर जारी रहने सम्भावना छ ।

पूर्व र पश्चिम तराईको तुलनामा मध्यतराईमा लू अझै साताभर रहने अनुमान गरिएको छ  । मध्य तराई छोएको सप्तरीदेखि भैरहवासम्मको भूभागमा लूको प्रभाव अत्यधिक छ । मौसमविद् गोविन्द झाले यी क्षेत्रमा बढ्दो व्रmममा रहेको तापव्रmम ४३ डिग्री सेल्सियस हुँदै उच्चतर्फ अग्रसर रहेको बताए  । मध्य  क्षेत्रका १६ भन्दा बढी जिल्लामा लू चलेको छ ।

जलवायु  विश्लेषक इन्दिरा कँडेलका अनुसार आगामी केही दिनसम्म तराईका धेरै जसो भूभागमा अधिकतम र न्यूनतम तापव्रmम व्रmमिक रूपमा बढ्दै जाने छ । उनले तराईमा पाँच दिनसम्म तातो हावा चल्ने भएकाले  सो बाट बच्ने उपाय अपनाउन सुझाव दिए । लू लाग्दा शरीर शिथिल हुँदै जाने, थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने,  बान्ता हुने आदि लक्षण देखापर्छ ।