प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

विमल घर्ती सहित चार खेलाडी भारतीय क्लबबाट फुटबल खेल्ने

२०७९ श्रावण १६, सोमबार ०७:२२ बजे

हेटौंडा – नेपाली राष्ट्रिय फुटबल टोलीका तीन सहित चार खेलाडी भारतीय क्बलबाट फुटबल खेल्ने भएका छन् ।

नेपाली राष्ट्रिय टोलीका फरर्वाड विमलघर्ती मगर, डिफेण्डर दिनेश राजवंशी, मिडफिल्डर तेज तामाङ, पुर्वराष्ट्रिय खेलाडी रन्जन विष्ट भारतीय फुटबल क्लब गोर्खा एफसीबाट फुटबल खेल्ने भएका हुन् ।

अखिल नेपाल फुटबल संघ(एन्फा)का केन्द्रिय सदस्य तथा मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिका लामाले आफ्नो फसबुकमार्फत जानकारी दिएका हुन् । 

गत सिजनको सहिद स्मारक ए डिभिजन लिग विमलले मछिन्द्र, तेजले नेपाल पुलिस, दिनेशले मनाङ र रन्जन विष्टले एनआरटीबाट खेलेका थिए । अब उनीहरु चारै जनाले गोर्खा एफसीबाट भारतको अर्नाचल प्रदेशको आरटिसी क्लबको आयोजना हुने इन्डिभेन्ट कप खेल्ने छन् ।

लामाका अनुसार उक्त फुटबल प्रतियोगिता खेल्ने नेपालका ३७ जना खेलाडी भारत गएका छन् । जसमा २२ जना गोर्खा एफसी र १५ जना टेङ्गा युनाईटेड एफसीमा आवद्ध भएको लामाले जानकारी दिए ।