प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

१५ वर्षपछि गिरिराजमणिले हारे, एमालेका लक्ष्मीले जिते

२०७९ मंसिर ११, आईतबार ०६:४७ बजे

जनकपुरधाम – नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेल १५ वर्षदेखिको लगातार विजय रोकिएर स्तब्ध भएका छन् । उपमहासचिव पोखरेललाई हराएर महोत्तरी १ मा नेकपा एमालेका लक्ष्मी महतो विजयी हुन् ।

महतोले २३ हजार ४०२ मत ल्याएर विजयी हुंदा पोखरेलले २२ हजार ३७२ मतमा रोकिए । पोखरेल सत्ता गठबन्धनका साझा उम्मेदवार थिए । यो क्षेत्रमा लामो समयदेखि पोखरेल जित्दै आएका थिए । उनी ०६४, ०७० र ०७४ मा यही क्षेत्रबाट लगातार विजयी भएपनि यो पटक एमालेले उनको जितमा ब्रेक लगाउन सफल बनेको छ