प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

श्रीमानद्वारा बन्चरो प्रहार गरी श्रीमतीको हत्या

२०८१ कार्तिक २३, शुक्रबार ०९:०४ बजे

काठमाडौं – तनहुँको भानु नगरपालिका–८ गैरीफाँटमा ४२ वर्षीय ओमनारायण श्रेष्ठले श्रीमतीको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार ओमनारायणले बन्चरो प्रहार गरी ३९ वर्षीय प्रतिक्षा श्रेष्ठको हत्या गरेका हुन् ।

बन्चरोको प्रहारबाट घाइते श्रेष्ठलाई उपचारका लागि दमौली अस्पताल ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।

घरायसी झगडाका कारण घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताईएको छ । हत्या अभियुक्त श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।