हेटौंडा – भरूवा बन्दुक सहित एक जनलाई प्रहरीले पक्राउ गरेको छ । तनहुँ घिरिङ गाउँपालिका–५ मोचाबारी बस्ने ४० वर्षीय मान बहादुर थापालाई एक थान भरुवा बन्दुक सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी चौकी घिरिङ र ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनलाई भरुवा बन्दुक लिई हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।