प्रहर खबर
 २०८३ भाद्र २०, शनिवार    

छोराको कुटपिटबाट बुबाको ज्यान गयो

२०७९ श्रावण १७, मंगलबार ०७:१४ बजे

हेटौंडा – छोराको कुटपिटबाट बुबाको ज्यान गएको छ । तेह्रथुमको छथर गाउँपालिका–५ ठकुरी टोलका ५३ बर्षीय भक्त बहादुर भण्डारीको छोराको कुटपिटबाट मृत्यु भएको हो।

प्रहरीका अनुसार मंगलबार बिहान सवा ६ बजेको समयमा भण्डारीका २४ बर्षीय छोरा टंक भण्डारीले अचानक धान कुट्ने मुस्किले बुबालाई टाउकोमा प्रहार गरी घाईते बनाएका थिए ।

खबर प्राप्त भएसंगै प्रहरी चौकी शुक्रवारेबाट प्रहरी टोली खटि गई घाईतेलाई उपचारको लागि छथर अस्पताल पठाएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा संग्लग्न छोरा टंक भण्डारी तत्काल फरार रहेको र निजको खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ।