प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हनुमन्ते खोलामा एक युवकको शव फेला

२०८० फाल्गुन २१, सोमबार २०:४१ बजे

भक्तपुर – मध्यपुरथिमि नगरपालिका‐९ राधेराधेस्थित हनुमन्ते खोलामा एक युवकको शव फेला परेको छ । काठमाडौं तीनकुने बस्दै आएका इलामको इलाम नगरपालिका‐३ का २६ वर्षीय छत्र थापाको शव रगताम्मे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शवसँगै खोलाको बिचमा बा ८६ प ९७३० नं को स्कुटर पल्टिएको अवस्था भेटिएको छ । थापाको शव परीक्षणका लागि केएमसी अस्पताल दुवाकोट पठाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।