हेटौंडा – चिनवनको राप्ती नगरपालिका वडा नं.१० थामटारस्थित झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४२ बर्षीया सीता माया तामाङ रहेकी छन् ।
आइतबार दिउँसो झोलुङ्गे पुलबाट खस्दा उनी पम्फाखोलामा सकेकी थिइन् । उनको उद्धार गरी पुरानो मेडिकल कलेज लगिएकोमा उपचारको क्रममा मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।