काठमाडौं – सिन्धुलीको गोलोन्जोरस्थित सुनकोशी नदीमा गाडी खसेपछि बेपत्ता भएका तीन कर्मचारीमध्ये २ जनाको शव भेटिएको छ । मंगलबार सवा ६ बजे सुनकोशी नदीबाट गाडी र दुई जनाको शव बाहिर निकालेको हो ।
सशस्त्र प्रहरीको बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्स्पेक्टर सुवास थापाको कमान्डको गोताखोरले दुई जनाको शव र गाडी घटनास्थल नजिकै फेला परेको हो। दुबै शवको सनाखत गर्न बाँकी रहेको छ ।
जेठ १९ गते काठमाडौंबाट खोटाङतर्फ गइरहेको गाडी सुनकोशी नदीमा खसेको थियो । उक्त गाडीमा चालकसहित चार जना सवार थिए। गाडीमा सवार चार जनामध्ये चालक दाङको राप्ती घर भएका ३१ वर्षीय कृष्ण चौधरी नदीमा पौडेर आफ्नो ज्यान जोगाएका थिए।
सिटिइभिटी प्रशासन महाशाखाका निर्देशक सहसचिव ५७ वर्षीय कृष्णबहादुर केसी, योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल र विद्युत प्रशिक्षक ३२ वर्षीय भानु पौडेल बेपत्ता भएका थिए।