काठमाडौं – नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान सन्दीप लामिछानेले साथ र माया दिएकोमा दर्शकप्रति आभार प्रकट गरेका छन् । सन्दीपले बुधबार सामाजिक संजालबाट देशले क्रिकेट जितेको उल्लेख गर्दै आभार व्यक्त गरेका हुन् ।
सन्दीपले आफ्नो सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘मैले कति योगदान गर्न सकेँ थाहा थाहा छैन तर मेरो देशले क्रिकेट जितेको छ।। यो साथ यो मायाको लागि सम्पूर्णमा हृदयदेखी आभारी छु।’
रेलु मैदानमा आयोजना भएको आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिदेशीय एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले मंगलबार क्लिन स्विप गरेको थियो ।
लिग टू च्याम्पियन बनिसकेको स्कटल्याण्ड र नामिबिया रहेको सिरिजमा नेपालले ४ खेलमा ४ वटै जितेको थियो । जसमा सन्दीपले उत्कृष्ट प्रदर्शन गरेका थिए ।