प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

नेपाल सुपर लिग: धनगढी एफसी फाइनलमा, आज काठमाडौं र ललितपुर भिड्दै

२०८० पौष १०, मंगलबार ०७:५७ बजे

काठमाडौं – धनगढी एफसी नेपाल सुपर लिग एनएसएलको फाइनलमा प्रवेश गरेको छ । सोमबार दशरथ रंगशालामा पोखरा थन्डर्सलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले हराउँदै धनगढी प्रतियोगिताको फाइनल प्रवेश गरेको हो ।

निर्धारित र थप गरेको समय २(२ गोलको बराबरी सकिएको थियो। उक्त खेलको निर्णय पेनाल्टी सुटआउटमा भएको थियो । नगढीका गोलकिपर मोहमद टाहाले उत्कृष्ट खेल प्रर्दशन गर्दै साविक उपविजेता धनगढीलाई फाइनल यात्रा तय गराए ।

उनले पोखराका दुई उत्कृष्ट फरवार्डको प्रहारलाई रोक्न सफल भए ।पोखराका मोसेस र आयुश घलान पेनाल्टीमा चुकेपछि खेलको नतिजा धनगढीको पक्षमा गएको हो ।

खेलमा अग्रता पोखराले पाचौं मिनेटमा आयुश घलानको गोलमा लिएको थियो । दोस्रो हाफको ५५ औं मिनेटमा देबेन्द्र तामाङले धनगढीका लागि बराबरी गोल गरेका थिए । अतिरिक्त समयमा स्टेफन कोजो पापाले पोखरालाई पुन खेलमा अग्रता दिलाएका थिए । अतिरिक्त समयको अन्तिम मिनेटमा धनगढीका अहमद हिजाजीले गोल गर्दै खेललाई पेनाल्टी सुटआउटमा पुर्याए ।

लिग चरणमा पोखरा पहिलो र धनगढी दोस्रो स्थानमा रहदै पहिलो क्वालिफायर म्याचका लागि छनोट भएका थिए । पोखराले एक मौकाको रुपमा इलिमिनेटर राउण्डबाट आउने टिमसँग दोस्रो क्वालिफायरमा खेल्नेछ ।

इलिमिनेटर राउण्डमा तेस्रो स्थानको काठमाडौं रेजर्स र चौथों स्थानको ललितपुर सिटी एफसी भिड्नेछन् । इलिमिरेटर राउण्डको खेल आज दशरथ रंगशालामा साँझ साढे ५ बजे हुनेछ ।