काठमाडौं – कस्तुरीको विनासहित प्रहरीले एक जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । कोरियन नागरिक राहदानी नम्बर एम८२६२०३६१ वाहक ५५ वर्षीय जङ जून जनलाई करिब ७ सय १६ ग्राम कस्तुरीको विना जस्तो देखिने धुलो पदार्थ सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
कोरियन एयरको उडानद्वारा काठमाडौंबाट कोरियाको सिओल जान लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको ह्याण्ड व्यागेज चेकिङ एरियामा जाँच गर्नेक्रममा निजले लगाएको जुत्ताभित्र प्लास्टिक र टेपले बेरिएको अवस्थामा उक्त पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।
उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि डिभिजन वन कार्यालय हात्तिसार काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ ।