प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

साफ महिला च्याम्पियनसिपको उपाधि भिडन्त, पहिलो हाफ गोलरहित बराबरी

२०८१ कार्तिक १४, बुधबार १९:२६ बजे

काठमाडौँ – साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधिका लागि जारी भिडन्तको पहिलो हाफमा नेपाल र बंगलादेशले गोलरहित बराबरी खेलेका छन् ।

काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा दुबै देशले पहिलो हाफमा कुनै पनि गोल गर्न नसकेका हुन् । निकै प्रतिस्पर्धात्मक खेलमा दुबै पक्षबाट केही गोलको प्रयास भएपनि बलले गोलको दिशा लिन सकेन ।

११ हजार नेपाली दर्शकको हौसलाका साथ मैदानमा उत्रिएको नेपाली टोली आज बंगलादेशलाई हराउँदै इतिहास रच्ने दाउमा छ ।