प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

एक युवकले गरे पेट्रोल छर्किएर आत्मदाहको प्रयास

२०७९ फाल्गुन ९, मंगलबार १३:४९ बजे

काठमाडौ – झापाको बिर्तामोडस्थित मुक्तिचोकमा एक युवकले आत्मदाहको प्रयास गरेका छन्। बिर्तामोड–७ निवासी ३४ वर्षीय विजय चौधरीले शरीरमा पेट्रोल आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार चौधरीले मंगलबार अपराह्न ४ बजे शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका हुन् । उनी बीएण्डसी हस्पिटलमा सवारी चलाउने काम गर्थे। दुर्गा प्रसाईंको सहयोगीका रूपमा रहेका उनी केही महिनादेखि उनी बेरोजगार रहेको सञ्चारमाध्यमहरुले जनाएका छन् ।

आत्मदाहको प्रयास गरेका चौधरीलाई प्रहरी र स्थानीयले तत्काल उद्धार गरी अस्पताल लगिएको छ । उनको बीएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको शरीरको पछाडिको भाग १५ देखि २० प्रतिशत जलेको छ।

पछिल्लो समय देशभर आत्मदाहको घटना बढ्दै गएको छ । यसअघि काठमाडौं र पोखरामा यस्तो घटना भएको थियो । जसमा काठमाडौंमा भएको घटनामा एक जनाको उपचारको क्रममा मृत्यु भएको थियो ।