हेटौंडा – दाउराको चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बाँके जानकी गाउँपालिका–६ पिप्रहवा बस्ने घनश्याम लोनियाको छोरा १४ वर्षीय शिब लोनियाको दाउराको चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ५१ वर्षीय सुकलाल लोनियालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
कोहलपुर नगरपालिका–७ स्थित रजगरुवा जंगलमा दाउरा काट्न गएको अवस्थामा पिप्रहवा बस्ने सुकलाल, सोही ठाउँ बस्ने ३६ वर्षीय भोजु लोनिया र २६ वर्षीय पप्पु लोनियाले शिबलाई दाउराको चिर्पटले प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय कोहलपुर र प्रहरी चौकी गनापुरबाट खटिएको प्रहरीले घटनामा संलग्न सुकलाललाई नेपालगंज उपमहानगरपालिका–१० चारबाहिनी चोकबाट पक्राउ गरेको हो ।
घटनामा संलग्न अन्य २ जना फरार रहेका छन् । उनीहरुको खोजी कार्य र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।