हेटौंडा – मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। हाल देशको कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरुमा हुस्सु/कुहिरो लागेको महाशाखाले जनाएको छ ।
मंगलबार दिउँसो सुदूरपश्चिम प्रदेश लगायत कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। राती सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
देशभरिको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक उपायहरू अपनाउन महाशाखाले अनुरोध गरेको छ ।