काठमाडौं – चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्।
चट्याङ लागेर बागलुङमाको ढोरपाटन नगरपालिका वडा नम्बर ७ गाल्ढुङका १९ वर्षीय बालचन्द्र विकको मृत्यु भएको हो ।
विकको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङ ल्याइए पनि अस्पतालले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
चट्याङ लाग्दा ढोरपाटन नगरपालिका वडा नम्बर ७ का १६ वर्षीय बिट्टु विक, १६ वर्षीय लक्ष्मी विक र ७२ वर्षीय पुण्यराम कामी घाइते भएका छन् । घाइते सबैको मुखबाट रगत बगेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।