हेटौंडा – बस र स्कुटर एकआपसमा ठक्कर खाँदा स्कुटरमा सवार एक युवतीको मृत्यु भएको छ भने चालक गम्भिर घाइते भएका छन् ।
भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ३ गठ्ठाघरमा बा ४ ख २२१२ नम्बरको बस र बा ७८ प १०८३ नम्बरको स्कुटर मंगलबार दिउँसो एकआपसमा ठोक्किँएर दुर्घटना भएको थियो ।
मृत्यु हुनेमा दुर्घटनामा स्कुटरमा पछाडी सवार रामेछापको खाँडादेवी गाउँछपालिका ८ घर भई हाल जडिबुटी बस्ने २४ वर्षिया रेजिना तामाङ रहेकी छन् । उनको उपचारको क्रममा भक्तपुर इन्टरनेश्नल अस्पताल कौशलटारमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते भएका स्कुटर चालक रामेछापको दोरम्बा गाउँपालिका ५ घर भई हाल जडिबुटी बस्ने १९ वर्षिय सिद्धार्थ मगरको सोही अस्पतालमै उपचार भइरहेको छ । दुबै सवारी साधन सहित बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।