हेटौंडा – ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुर बागमती गाउँपालिका–७ गिम्दी सहुमारी बस्ने ५५ वर्षीय अन्तरे सिंगारलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार बागमती गाउँपालिका–७ गिम्दी काफलडाँडास्थित जंगलमा अन्तरेले ती महिलालाई मंगलबार दिउँसो जबरजस्ती करणी गरेका थिए । प्रहरी चौकी गिम्दीबाट खटिएको प्रहरीले सिंगारलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।