काठमाडौँ – सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जिल्ला समन्वय समिति (जिसस) को ९ सय २५ दरबन्दीलाई स्वीकृत गर्दै निजामती किताब खानामा दर्ता गरेको छ । ७७ वटै जिल्लामा जिल्ला समन्वय अधिकारीदेखि सवारी चालकसम्मको दरबन्दी स्वीकृत गरेको हो ।
मन्त्रालयले सबै जिससलाई परिपत्र गर्दै दरबन्दीअनुसार काम गर्न निर्देशित गरेको छ । यसअघि २०७५ पुस ९ मा दरबन्दी सिर्जना भए पनि किताब खानाले अद्यावधिक गत भदौमा गरेको थियो ।