प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

गाडीको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

२०८१ मंसिर २२, शनिबार ०८:३९ बजे

काठमाडौं – चितवनको राप्ती नगरपालिका-१, पिप्लेमा शुक्रबार राति सवा ११ बजे गाडीको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा राप्ती नगरपालिका-२, गड्यौली निवासी २८ वर्षीय सन्दीप रुवाली रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

हेटौंडाबाट नारायणघाटतर्फ जाँदै गरेको म.प्र.०३-००१ ख ०५५५ नम्बरको ईभी भ्यानले पिप्लेमा रुवालीलाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि पुरानो मेडिकल कलेज, भरतपुर पठाइएको थियो। तर, चिकित्सकले राति सवा १२ बजे उनलाई मृत घोषणा गरे।

प्रहरीले घटनामा संलग्न गाडी र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।