प्रहर खबर
 २०८३ कार्तिक ४, मङ्गलवार    

सवारीको ठक्करबाट साइकलयात्रीको मृत्यु

२०७९ असार ४, शनिबार ०२:५६ बजे

हेटौंडा – चितवनको रत्ननगर नगरपालिका ९ गणेशचोकमा शनिबार बिहान सवारी साधनको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । रत्ननगर नगरपालिका १० का ३७ वर्षीय उमेश दराईको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । टाँडीबाट भरतपुरतर्फ आउँदै गरेको नम्बर नखुलेको सवारी साधनले शनिबार बिहान ५ बजे साइकलयात्री दराईलाई ठक्कर दिएको थियो । सवारी साधन सहित फरार भएका चालकको खोजी भइरहेको ईलाका प्रहरी कार्यालय टाँडी चितवनले जनाएको छ ।