प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

बुलबुलेबाट लागूऔषध ब्राउनसुगर सहित दुई जना पक्राउ

२०७९ मंसिर १६, शुक्रबार १०:१६ बजे

सुर्खेत – वीरेन्द्रनगर नगरपालिका–१० बुलबुलेबाट अवैध लागूऔषध ब्राउनसुगर सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सोही नगरपालिका(१० बस्ने २५ वर्षीय गोरख शाही र सोही ठाउँ बस्ने २५ वर्षीय सुदिप सुनार रहेका छन् ।

कर्णाली प्रदेश लागूऔषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरीले शाही र सुनारको साथबाट १ सय ९० मिलिग्राम सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । उनीहरूमाथि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।