प्रहर खबर
 २०८३ जेष्ठ २२, शुक्रवार    

भरतपुरको दुई स्थानमा बम फेला, सुरक्षाकर्मीद्वारा निष्क्रिय

२०७९ मंसिर ३, शनिबार ०४:४५ बजे

चितवन – भरतपुर महानगरपालिकाको दुई स्थानमा बम लेखिएको शंकास्पद वस्तु फेला परेको छ । प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई आतङ्कित पार्ने गरी दुई स्थानमा राखिएको बमलाई सुरक्षाकर्मीले निष्क्रिय पारेको हो ।

पूर्व पश्चिम राजमार्गको आस्था चोक र वाइपास रोडको आँखा अस्पताल अगाडि कुकर बम राखिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । राति १२ बजे राखिएको शङ्कास्पद वस्तुलाई बम डिष्पोजल टोलीले निष्क्रिय पारेको उनले बताए ।

बन्द कुकुरमा खतरा लेखिएर विद्युतीय स्विच समेत जडान गरी राखिएको अवस्थामा फेला परेको उनले जानकारी दिए । निर्वाचनलाई लक्षित गरी राखिएको बमलाई निष्क्रिय पारे पनि अवस्था सामान्य भएको उनले जानकारी दिए ।