बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकबाट आर्थिक वर्ष २०८२/८३ का लागि बजेट पारित भएको छ। आइतबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले बजेट पारित गरेपछि अब उक्त बजेट प्रदेश सभामा प्रस्तुत गरिने छ। बजेट प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले प्रदेश सभा बैठकमा प्रस्तुत गर्नुहुनेछ। मन्त्रिपरिषद् बैठकपछि मन्त्रीहरू प्रदेश सभा बैठकमा सहभागी हुन त्यसतर्फ लागेका छन्।