हेटौंडा – बर्दियामा आफ्नै छोरा हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । आफ्नै छोरा २० वर्षीय बिबेक चौधरीको हत्या गरेको अभियोगमा बारबर्दिया नगरपालिका–११ बिजयनगर बस्ने ४५ वर्षीय लौरंगलाल थारूलाई शुक्रबार बिहान पक्राउ परेका हुन्।
प्रहरीका अनुसार लौरंलालले बुधबार फुटेको बियरको बोतलले पेटमा प्रहार गर्दा बिबेक गम्भीर घाइते भएका थिए । उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनापश्चात फरार रहेका लौरंगलाललाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले गुलरिया नगरपालिका–११ ईन्द्रपुरमा लुकिछिपी हिँडिरहेको अवस्थामा पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।