प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

पाटनमा एक पुरुष शव फेला

२०८१ बैशाख २४, सोमबार ०६:५८ बजे

बैतडी – बैतडीमा एक जना मृत फेला परेका छन्। पाटन नगरपालिका–६ को मुख्य बजारको पछाडी रिङरोडको तल अन्दाजी २१ वर्षीय दिपेन्द्र घर्तीमगर मृत फेला परेका हुन्।

दाङ घर भइ हाल पाटनमा लामो समयदेखी सरसरफाईको क्षेत्रमा काम गर्ने पुस्तल घर्तीमगर (जोकर) का छोरा दिपेन्द्रको शव फेला परेको हो।

स्थानीय एक जनाको जिर्णघरमा बस्दै आएका उनको शव घरको पछाडी घोप्टो परेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। घटनाका बारेमा थप अनुसन्धान भइरहेको छ।