प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

२०७९ आश्विन २, आईतबार १२:३६ बजे

हेटौंडा – काठमाण्डौको मनमैजुमा पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल समेत पल्टिदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

आइतबार बिहान पौने ११ बजे बाटो पार गर्दै गरेकी गोरखाको सिराङ चोक गाउँपालिका ८ की २६ वर्षीया निशा उपरकोटीलाई ठक्कर दिएर मनमैजु मन्दिरबाट लोकतान्त्रिक चोकतर्फ जाँदै गरेको बा ६३ प ६४६२ नम्बरको मोटरसाइकल पल्टिएको थियो ।

प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकलमा पछाडी सवार अन्दाजी १८ वर्षीय किशोरको मृत्यु भएको हो । उनको उपचारको क्रममा ग्रिनसिटी अस्पतालमा साढे ११ बजे मृत्यु भएको र सनाखत हुन बाँकी रहेको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक माछापोखरी बस्ने रामेछापको मन्थलीका २४ वर्षीय निरज श्रेष्ठ र पैदलयात्री उपरकोटीको सोही अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये श्रेष्ठको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।