हेटौंडा – सर्लाहीको ईश्वरपुर नगरपालिका ९ खोरीया टोलमा आज बिहानै मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ईश्वरपुर नगरपालिका ६ का २९ वर्षीय वसन्त साह रहेका छन् ।
उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय केशरगञ्जले जनाएको छ । मलंगवाबाट बयलबासतर्फ जाँदै गरेको बागमती प्रदेश–०२–०१६ प ००७१ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर आज बिहान पौने ६ बजे पल्टिएको थियो ।