प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

उपराष्ट्रपति कार्यालयका सचिव पाण्डे पक्राउ

२०८० बैशाख २०, बुधबार ०८:१३ बजे

काठमाडौं – उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् । उपराष्ट्रपति कार्यालयमा कार्यरत उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौंले बधुबार नियन्त्रणमा लिएको हो।

काठमाडौंको जडीबुटीबाट उनी नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेको प्रहरीले जानकारी दिएको छ । गृह मन्त्रालयमा कार्यरत रहँदा नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश लैजाने प्रकरणमा संलग्न भएको आरोपमा उनी पक्राउ परेका हुन् ।

पाण्डेले २०७८ साउन २७ देखि २०७९ असोज २ सम्म गृह सचिवको जिम्मेवारी सम्हालेका थिए ।