काठमाडौं – विदुरप्रसाद गौतमको नेतृत्वमा नेपाल बुद्धिचाल संघको नयाँ कार्यसमिति निर्वाचित भएको छ । संघको सोमबार काठमाडौंमा सम्पन्न चुनावी साधारण सभाले विदुरलाई निर्विरोध अध्यक्षमा निर्वाचित गरेको हो। संघको वरिष्ठ उपाध्यक्षमा राजेन्द्रप्रसाद रिजाल निर्विरोध निर्वाचित भए ।
उपाध्यक्ष तीन र तीन सदस्यका लागि मतदान भएको थियो । उपाध्यक्षमा धनबहादुर बोगटी ५९, सुवोध राज शेर्पाली ५५ र नारायण दास गमाल ५२ मतसहित विजयी भए। उपाध्यक्षमा पाँच जनाको उम्मेदवारी परेको थियो। पाराजित भएका माधवप्रसाद प्रधानले १७ र ॐप्रसाद उपाध्यायले ९ मत पाए।
महासचिवमा धरमबहादुर लामा निर्विरोध निर्वाचित हुँदा सचिवहरुमा मोनालिसा खम्बु, भुपेन्द्र निरौला र मेश केसी निर्विरोध निर्वाचित भए। कोषाध्यक्षमा ज्ञानेन्द्र महर्जन र सह कोषाध्यक्षमा यज्ञप्रसाद पन्त निर्विरोध निर्वाचित भएका छन्।
यसैगरी तीनजना खुला सदस्यको लागि निर्वाचन भएको थियो । जसमा कृष्णप्रसाद सिग्देल ४३, प्रवीण बहादुर भडेल ३४ र रामकिशोर सिंह पराग ३२ मतसहित विजयी भए। खुला सदस्यमा सात जनाको उम्मेदवारी परेको थियो। राजीव कार्की २३, मनोज घिमिरे १७, याइशाष याशिर खम्बु २६ र विकास कार्कीले २१ मत प्राप्त गरेका थिए ।
यसैगरी प्रदेश अन्तर्गत सदस्यहरुमा दिपेन राई प्रदेश १,सुरेन्द्र कुमार शाह मधेस, निरन्जन प्रजापति बागमती, महेश्वर अधिकारी गण्डकी, चन्द्रमणी गैरे लुम्बिनी, शक्तिराम बुढाकर्णाली र गोपालप्रसाद श्रेष्ठसुदुरपश्चिम निर्विरोध भए। महिला सदस्यमा पार्वती श्रेष्ठ निर्विरोध निर्वाचित भएकी छन्। संघको निर्वाचनका लागि एक सय १३ प्रतिनिधिमध्ये ७८ जनाले मतदानमा भाग लिएका थिए।