प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

सुनको भाउ आज ह्वात्तै बढ्यो

२०८० बैशाख २०, बुधबार ०६:३१ बजे

काठमाडौं – नेपाली बजारमा सुनको भाउ आज एकैदिन ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुुसार बुधबार सुन तोलामा एक हजार ८ सय रुपैयाँले बढेर एक लाख १० हजार ६ सय रुपैयाँमा पुगेको छ । मंगलबार सुनको भाउ तोलामा एक लाख ८ हजार ८ सय रुपैयाँ थियो ।

यस्तै बुधबार तेजाबी सुन प्रतितोला १ हजार ७५० रुपैयाँले बढेको छ । तेजाबी सुन प्रतितोला १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार प्रतितोला १ लाख ८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा २० रुपैयाँले बढेर तोलाको एक हजार चार सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।