प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

खोटाङ केन्द्र भएर भूकम्प

२०८१ आश्विन २९, मंगलबार ०९:३८ बजे

खोटाङ – खोटाङलाई केन्द्र बनाएर गए राति भूकम्प गएको छ । राति १० बजेर ३२ मिनेटमा खोटाङको रावा बेसी गाउँपालिका–१ कुभिण्डे केन्द्र बनाएर ४.३ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गा लगायतका आसपासका जिल्लामा भूकम्पको धक्का राम्रै महसुस भएको थियो । भूकम्पको कारण कुनै क्षति भएको जानकारी हालसम्म नआएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।