प्रहर खबर
 २०८३ जेष्ठ २१, बिहीवार    

सवारी दुर्घटनामा दुई जनाको मृत्यु, तीन घाइते

२०७९ जेठ २४, मंगलबार ०५:१० बजे

हेटौंडा – गएराति छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

सप्तरीको खडक नगरपालिका ५ रंजितपुरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । सप्तरीको सुरुङ्गा नगरपालिका ३ का अन्दाजी ६७ बर्षीय राम नारायण चौधरीको मृत्यु भएको हो । चौधरी सवार स१०प ४६११ नम्बरको स्कुटरलाई हिजो बेलुकी साढे ७ बजे, ना६ख ६३९९ नम्बरको ट्रकले पछाडीबाट ठक्कर दिएको थियो । गम्भीर घाइते भएका चौधरीको उपचारको क्रममा गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा बेलुकी सवा ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै कास्कीको पोखराको महानगरपालिका २५ हेम्जामा गएराती मोटरसाइकल पल्टिदा स्थानीय २७ वर्षीय अक्षयराज कुँवरको उपचारका क्रममा मणिपाल शिक्षण अस्पताल पोखरामै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका ३५ वर्षीय दिलिप कुँवरको सोही अस्पतालमा उपचार भइरहेको छ । नौडाँडाबाट पोखरातर्फ जाँदै गरेको ग १० प ७६६६ नम्बरको मोटरसाइकल गएराती साढे ९ बजे अनियन्त्रित भइ पल्टिएको अस्थाई प्रहरी पोष्ट हेम्जा कास्कीले जनाएको छ ।

त्यस्तै झापाको सिवसताक्षी नगरपालीका ८ डुडामारीमा मोटरसाइकल र स्कुटर आपसमा ठोकिदा २ जना घाइते भएका छन् । मे ५ प ७०६० नम्बरको मोटरसाइकल र प्रदेश १(०१(०१५ प २२८८ नम्बरको स्कुटर आपसमा ठोक्किँदा सिवसताक्षी नगरपालिका ३ की ५० वर्षीया सन्जामती तामाङको बिर्तामोड स्थित बि एण्ड सि अस्पतालमा र सामान्य घाइते भएकी स्कुटर चालक ३४ वर्षीया सिता पाण्डे घाइते भएको छन् । उनिहरुको झिलझिले मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।