प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

सारुकका पिता सानु ताम्राकारको निधन

२०८० भाद्र ९, शनिबार ११:४१ बजे

काठमाडौं – गत असारमा छोरा गुमाएका वरिष्ठ कलाकार सानु ताम्राकारको निधन भएको छ । उनको शनिबार करिब ३ बजे उपचारको क्रममा नर्भिक अस्पतालमा निधन भएको चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिएका छन् ।

छोरा सारुक घरमा मृत फेला परेपछि सानु ताम्राकारको स्वास्थ्य अवस्था बिग्रिएको थियो । ७५ वर्षिया ताम्राकारको किड्नीमा समस्या देखिएपछि साउनको दोस्रो हप्ता नर्भिक अस्पतालमा भर्ना भएका थिए । 

ताम्राकारले थुप्रै चलचित्र तथा सिरियलमा अभिनय गरेका छन् । उनले जीवन रेखा, बदलिँदो आकाश, निरमोही, जुन तारा, सुरक्षा, रगत, ज्वालामुखी, जीवन मृत्यु, मन मनै मन पराए, अभियान, पल, ग्याम्लर, भूँइमान्छे, मेरी मामु लगायतका फिल्ममा काम गरेका छन् ।

ताम्राकारले तीन वर्ष चलचित्र कलाकार संघको कार्यवाहक अध्यक्षसमेत बनेका थिए । उनको भोलि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ ।