प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

दाउन्नेको सडक फेरि भासियो

२०८१ आश्विन १८, शुक्रबार २०:३१ बजे

काठमाडौं – पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नारायणघाट बुटबल सडकखण्डको नवलपरासीको बर्दघाट नगरपालिका–४ दाउन्नेको खुर्सानी खोलामा भासिएपछि सडक फेरि पूर्ण रुपमा अवरुद्ध भएको छ।

यसअघि असोज १४ गते भासिएको सडक १५ गते रातभरी बन्द गरेर मर्मत गरिएको थियो। सडक शुक्रबार पनि सोही ठाउँमा भासिएर साँझ पौने ८ बजेदेखि पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक रेमश बोहोराले जानकारी दिए।

उनका अनुसार २० फिट लम्बाई र ५ फिट गहिराइमा सडक भासिएको छ। पटक पटक सडक भासिदा दसैँ मान्न घर फर्कदै गरेका यात्रु मर्कामा परेका छन्। प्रहरीले सडक मर्मत गरी खुलाउने प्रयास गरिरहेको जनाएको छ।